सरकारी निकायका अस्थायी र करार कर्मचारीलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गरिने

काठमाडौँ-  सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी गराइने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै यस्तो ब्यवस्था गरिएको जनाकारी गराएको हो ।

सूचना अनुसार अब सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरत स्थायी निर्वित्तिभरण पाउने कर्मचारी बाहेकका अन्य कर्मचारीहरुलाघ समाजिक शुरक्षा कोषमा सहभागी हुन पाउने गरिएको छ ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत हुन  गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ ।

त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा लगिएको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेकोछ ।

समाजिक सुरक्षा योजना अन्तर्गत उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका लगायतका सामाजिक सुरक्षा योजनाहरूको समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.