यसरी मनाइयो सिन्दुर जात्रा तथा जिब्रो छेड्ने जात्रा

भक्तपुर- देशमा अनिकाल नपरोस्, कसैलाई रोग ब्याधी नलागोस्, बाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउँन भन्ने विश्वासका आधारमा भक्तपुरस्थित मध्यपुरथिमीमा परापूर्व कालदेखि सिन्दुर जात्रा तथा जिब्रो छेड्ने जात्रा संचालन हुदै आएको छ । परम्परालाई सहकालका देउताको रुपमा पुजेर मध्यपुरबासीहरु नयाँ वर्षको खुसी साटासाट गर्ने गर्दछन् । जात्राको प्रमुख आर्कषण सिंदुर र यही जिव्रो छेडाउने व्यक्ति हुने गर्दछन् । हरेक नयाँ वर्षको दोस्रो दिन वैशाख २ गते बोडेमा यसरी नै जिब्रो छेड्ने परम्परा छ । यस बर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडेर यसलाई निरन्तरता दिनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्