शिक्षा विधेयकलाई फास्ट ट्र्याकबाट पारित गरिने

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्ञी पृथ्वी सुब्बा गुरुङले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्र्याकबाट पारित गरिने वताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकिकरण गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले शिक्षकका माग लगायत समग्र शिक्षा क्षेत्रको समस्या एउटा प्याकेजमा समाधान गर्न सरकारले अधिवेशन आव्हान गरेको वताउनुभयो । मन्त्री गुरुङले शिक्षक महासङ्घले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील र गम्भीर रहेको बताउनुभयो ।

सरकारले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरिसकेको भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन उहाँले शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले विद्यालय शिक्षा विधेयकसंगै निजामती सेवा विधेयक र नेपाल प्रहरी विधेयक पनि छिटो भन्दा छिटो ल्याउने गरी सरकारले आवश्यक तयारी गरिरहेको वताउनुभयो ।

उहाँले अहिलेको आर्थिक अवस्थालाई हेरेर शिक्षक लगायतका निजामती कर्मचारीको सेवा सुविधा वृद्धि गर्नेबारे अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । साथै मन्त्री गुरुङले नेपाल राष्ट्र बैकको गर्भनरको नियुक्ति छिट्टै हुने पनि वताउनुभयो ।

मन्त्रिपरिषद बैठकले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सात दिन भित्र कार्ययोजना पेश गर्न प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव रहेको समिति गठन गरेको छ । त्यस्तै बैठकले साना सिँचाई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ दशमलव ८ लाख स्वी फ्र्याङ्क प्राप्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.