सुनको मूल्य तोलामा ३ हजार ६ सयले बढ्यो

काठमाडौँ- सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ ।
अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।






प्रतिक्रिया राख्नुहोस्