परीक्षा तयारीलाई निरन्तरता दिन कक्षा १२ का विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रुपमा संचालन हुने जनाएको छ।

विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको सूचना भ्रामक भएको बोर्डले जनाएको छ ।

सामाजिक संजालमा परीक्षा स्थगित भएको गलत सूचना संप्रेषण गरिएको भन्दै बोर्डले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेभ साइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रबाह गरिनेहुँदा अन्य स्रोतबाट प्रबाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्डले अनुरोध गरेको छ ।

परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर स्क्यान गरी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइवर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको बोर्डले जनाएको छ।

बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पूर्ण विद्यार्थीहरूमा बोर्डले अनुरोध गरेको छ ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई राष्ट्रिय परीक्षा बोर्डले पुन: अपिल  पनि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.