दाङमा यात्रु बाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ- दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीकाे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.