नालामा डुबेर बालिकाको मृत्यु
सिरहा– मिर्चैयाको खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५ बुवा श्री किसुन साफी का डेढ वर्षीया छोरी आसिका साफीको मृत्यु भएको हो ।
शनिबार बिहान घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा देखेपछि स्थानीयहरु बालिकालाई बाहिर निकालेका थिए ।
मिर्चैया नगर पालिकाको अधुरो नालाले धेरैको ज्यान लिएको भन्दै स्थानीयवासीहरुले आक्रोश व्यक्त गरेका छन ।
गाउँ गाउमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकोले कयौको ज्यान गइसकेको छ । उनिहरुले खुला नालामाथि अविलम्ब ढक्कन राख्नु पर्ने मांग गरेका छन ।
विहान आफुले बच्चा खोजविन गरि रहदा छिमेकीले नालामा डुबेको भन्दै जानकारी गराएको बताएका छन ।
घटनाबारे अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ






प्रतिक्रिया राख्नुहोस्