परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग बोर्डका पदाधिकारीहरुको छलफल जारी

काठमाडौँ- शिक्षकहरुको आन्दोलनका कारण यतिखेर कक्षा १२ को परीक्षा अन्यौलमा परेको छ ।

पर्सि बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुँदैछ । तर आजसम्म राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षको टुंगो लगाउन सकको छैन । किनभने केन्द्राध्यक्ष भएका शिक्षकहरु नै आन्दोलनमा छन ।

शिक्षकहरु माग पूरा नभएसम्म परीक्षामा सहभागी नहुने अडानमा छन । यसले बोर्डको परीक्षा कार्यक्रम प्रभावित मात्र भएको छैन परीक्षा हुने कि नहुने भन्ने अन्यौल विद्यार्थी र आम अभिभावकहरुमा परेको छ।

परीक्षा नलिने शिक्षकहरुको अडान हुँदाहुँदै पनि राष्ट्रिय परीक्षा बोर्डले आज दिउँसो जसरी पनि परीक्षा संचालन गर्ने निर्णय गर्‍यो । त्यसपछि आएका  क्रिया प्रतिक्रियाहरुले परीक्षालाई अझ अन्यौल बनाइदिएको छ ।

निजामती कर्मचारी खटाएरै भएपनि परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णयलाई शिक्षकहरुले चुनौति दिएका छन । अर्कोतिर, निजामती कर्मचारी युनियनहरुले पनि बोर्डको निर्णयलाई स्वीकार गरेका छैनन । बरु उनीहरु पनि शिक्षककै पक्षमा देखिन्छन ।

अब करिब ४८ घण्ट मात्र बाँकी हुँदा देखिएको यो अनिश्चयले परीक्षामा सहभागी हुने विद्यार्थी र अभिभावकहरुलाई थप चिन्ता थपिदिएको छ।

विद्यार्थीहरु तयारी त गरिरहेका छन तर परीक्षा हुने वा नहुने भन्ने विषयले उनीहरुको एकाग्रता नै भंग गरिदिएको कतिपयको बुझाइ छ ।

यस्तो अबस्थाम यतिखेर बोर्डका पदाधिकारी र शिक्षा मन्त्रालयका पदाधिकारीहरु प्रधानमन्त्रीसँग छलफलमा छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा भइरहेको छलफलमा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहतिका पदाधिकारीहरु छन ।

आज अबेरसम्म भने पनि परीक्षाको विषयमा सूचना आउने सम्भावना रहेको वोर्डका एक सदस्यले जानकारी दिएका छन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.