कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ- कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
यही बैशाख ११ देखि सुरु हुने परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि सुरु हुने परीक्षा स्थगित गर्न बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिनु भएको थियो ।
बोर्डका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर अहिले साँझ प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएसँग बोर्डले परीक्षा स्थगन गरेको जानाकारी आफ्नो फेसबुक पेज मार्फत गराएको हो ।
परीक्षा स्थगित गर्ने औपचारिक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बस्ने तयारी भइरहेको बागमती प्रदेश परीक्षा बोर्डकी प्रमुख जयन्ती सत्यालले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्