प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता,आतंकवादविरुद्ध नेपालको ऐक्यबद्धता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच  टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर भारतको जम्मु कस्मिरमा मंगलबार भएको आतंकवादी हमलाको कडा निन्दा गर्नु भएको हो ।

टेलिफोन सम्वादमा ओलीले आक्रमणमा जीवन गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्नुभयो भने भारतीय प्रधानमन्त्री मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्दै क्रूर आतंकवादी आक्रमणका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको बताएको  भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.