जीवनमा आन्तरिक आनन्दको अनुभव लिन जानौँ

भक्तपुरअन्तर्राष्ट्रिय शान्ति वक्ता एवं लेखक प्रेम रावतले मानिसले प्राप्त गरेको जीवन अत्यन्तै दुर्लभ रहेको भन्दै जन्म र मृत्यु साश्वत सत्य भएको उल्लेख गर्नुभएको छ ।

आज भक्तपुरको सिपाडोलमा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै रावतले व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ र जीवनमा आन्तरिक आनन्दको अनुभव कसरी गर्ने भन्ने वारेमा पनि प्रवचन दिनुभएको थियो ।

यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्ने नभएर चिन्नुपर्ने उहाँको भनाइ थियो । आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो ।

रावतको Hear Yourself नामक पुस्तक धेरै विक्री भएको पुस्तकमध्ये एक हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.