प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन नगर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद् बैठकमा सम्बोधन नगर्ने हुनु भएको छ।

संसद्को पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम शीर्ष नेताहरू बाहिर भएपछि  स्थगित गरिएको हो ।

संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.