नेपाली काँग्रेसका नेता तिर्थराम डंगोलको निधन

काठमाडौँ- नेपाली काँग्रेसका नेता तिर्थराम डंगोलको ७७ बर्षको उमेरमा आज निधन भएको छ।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचार गराइरहनुभएका डंगोलको गएराति निधन भएको हो ।
उहाँ नेपाली काँग्रेस काठमाडौँ पूर्व सभापति एवं स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो ।
उहाँको पार्थीव शरिरलाई अहिले उहाँकै निवासमा राखिएको छ।
उहाँका श्रीमती हुनुहुन्छ ।
उहाँको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने नेपाली काँग्रेस काठमाडौँका नेता तेबिन्द्र रत्न शाक्यले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्