आतंकवादीबाट विश्वलाई बचाउनु पर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौँ-श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताउनु भएको छ।
महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा संलग्नलाई कडाकारवाही गर्नका लागि भारतीय सरकारसँग आग्रह गर्नु भएको हो ।
धर्म, वर्ग, लिगं, समुदाय नभनिकन एकताको सुत्र कायम राख्दै आतंकवादीबाट विश्वलाई बचाउनु पर्नेमा उहाँको जोड थियो। खासगरि भारत सरकारसँग सहकार्य गरि नेपाललाई अगाडि बढानुपर्ने बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्