मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ- मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
साँझ ७ बजे बस्ने भनिएको बैठक ढिला गरी शुरु भएको हो ।
नेपाल शिक्षक महासंघले काठमाडौँमा जारी राखेको आन्दोलनका बारेमा बैठकमा बिशेष छलफल हुने एक जना मन्त्रीले जानकारी दिनुभएको छ ।
नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखी काठमाडौँमा विगत २७ दिनदेखि नियमित प्रदर्शन गर्दै आएको छ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा तालिका नै प्रभावित भै सकेको छ भने एसइईको कापी परीक्षणमा समेत समस्या भएको छ ।
अर्कोतर्फ, देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प हुँदा विद्यार्थी तथा अभिभावक समस्यामा परेका छन ।।






प्रतिक्रिया राख्नुहोस्