क्यानडाको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी

क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ ।

३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित रहेको छ ।

गत मार्च महिनामा प्रधानमन्त्री जस्टीन ट्रुडो र उहाँको दल लिबरल पार्टीको लोकप्रियता खस्किएपछि ट्रुडोले राजीनामा दिनुभएको थियो ।

निर्वाचनको परिणाम सार्वजनिक भएपछी बोल्दै प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैपनि हालतमा क्यानडालाई विभाजित गरी टुक्रयाउने काम सफल नहुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेपछि क्यानडालाई ५१ औँ राज्य बनाउने बताउँदै आइरहेका समयमा भएको निर्वाचनमा लिबरल पार्टी विजयी भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.