सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिदै सत्तारुढ दल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाउनु भएको छ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ । बैठकले गठबन्धन सरकारले शुक्रबार प्रस्तुत गर्न लागेको नीति कार्यक्रमलाइ सत्तारुढ दलको बैठकले अन्तिम रुप दिने छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।
हिजो पनि वार्ता भयो । तर सहमति जुट्न सकेन । सत्तारुढ दलको बैठकमा तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गरिनेछ ।।





प्रतिक्रिया राख्नुहोस्