पक्राउ गर्ने पत्र अनाधिकृत भएको चौधरीलाई रिहा गर्न सर्वोच्चको पत्राचार

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नका लागि आज विहान पठाइएको पत्र अनाधिकृत भएको भन्दै सर्वोच्च अदालतले  पत्र कार्यान्वयन नगर्न पत्र काटेको छ ।

अदालतले डिल्लीबजार कारागार कार्यालयलाई पत्र लेखी मान बहादुर बिष्टको नामबाट काटिएको पत्र अनधिकृत भएको र सो पत्र कार्यान्वयन नगर्न पत्राचार गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता एवम उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिनुभयो ।

अनधिकृत पत्र लेखेर पठाउने सर्वोच्च अदालतकै मुद्दा तथा रीट महाशाखाका शाखा अधिकृत महिमानसिंह बिष्टलाई विभागीय कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

अनिधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरी सर्वोच्च अदालतले आधिकारिक पत्र पठाएपछि कारागारबाट छुट्ने भएका छन । आजै विहान मात्र चौधरीलाई अनधिकृत पत्रका आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.