सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता

काठमाडौँ- सरकार र नेपाल शिक्षक महास‌‌घका प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री रघुजी पन्त, संसदको शिक्षा समितिका सभापति लगायतका सरकारी पदाधिकारीहरुको सहभागिता छ भने आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायतका प्रतिनिधिहरु सहभागी छन ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राखी करिव १ महिनादेखि देशभरका शिक्षकहरु आन्दोलनमा छन । हिजो रातिसम्म भएको वार्ता सहमति उन्मुख भएपछि आज फेरि वार्ता भएको हो । वार्ता सकारात्मक ढंगले अघि बढेको र आज सहमति हुने सरकारी प्रतिनिधिहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.