सर्वोच्चको पत्र कारागार पुगेसँगै रेशम चौधरी रिहा

काठमाडौ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा हुनु भएको छ ।

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’ भएको जानकारी गराउँदै उहाँलाई रिहा गर्न  सर्वोच्च अदालतले पठाएको पत्र डिल्लीबजार कारागर पुगसँगै उहाँलाई रिहा गरिएको हो ।

यसअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गर्नका लागि आज विहान पठाइएको पत्र अनाधिकृत भएको भन्दै सर्वोच्च अदालतले पत्र कार्यान्वयन नगर्न पत्र काटेको थियो ।

अदालतले डिल्लीबजार कारागार कार्यालयलाई पत्र लेखी मान बहादुर बिष्टको नामबाट काटिएको पत्र अनधिकृत भएको र सो पत्र कार्यान्वयन नगर्न पत्राचार गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता एवम उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिनुभयो ।

अनधिकृत पत्र लेखेर पठाउने सर्वोच्च अदालतकै मुद्दा तथा रीट महाशाखाका शाखा अधिकृत महिमानसिंह बिष्टलाई विभागीय कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

आजै विहान मात्र चौधरीलाई अनधिकृत पत्रका आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.