नेपालको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदे भण्डारीले अझै नेपाली श्रमिकहरुलाई न्युनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थलजस्ता अधिकारहरु सुनिश्चित गर्न बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
श्रमिक अधिकारलाई सुनिश्चित गर्न उहाँले सरकार, रोजगारदाता र ट्रेडयुनियनहरुको समन्वयात्मक भूमिका आवश्यक रहेको र त्यसतर्फ पहल गर्न पनि अनुरोध गर्नुभएको छ ।।







प्रतिक्रिया राख्नुहोस्