नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

काठमाडौँ –  नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित हुनुभएको छ । बिहीबार काठमाडौंमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले उहाँको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित हुनुभयो । उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित हुनुभयो ।

त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित हुनुभयो ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भीम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दीपक पाण्डे, खड्गबहादुर कार्की, निल बहादुर श्रेष्ठ, पङ्कज अधिकारी, रामचन्द्र प्रधानाङ्ग, अरुण शर्मा, सञ्जीव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, सञ्जीव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले महासङ्घलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पद तथा गोपनीयताका शपथ ग्रहणसँगै उनले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई महासङ्घको छातामा समेट्ने बताउनुभयो । ‘हेभी इक्विपमेन्ट व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्नेछौँ,’ उहाँले भन्नुभयो, ‘हामी कार्यतालिका बनाएर कार्यक्रमहरू अगाडि बढाउनेछौँ ।’
यस अगाडि महाधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हेभी इक्विपमेन्टकै माध्यमबाट विकास निर्माणको काम हुने बताउँदै हेभी इक्विपमेन्ट व्यवसायीहरूको हितमा काम गर्न सरकार तयार रहेको बताउनुभयो । आर्थिक मन्दीको मार सबै क्षेत्रमा परेजस्तै निर्माण क्षेत्रमा पनि परेको बताउँदै उहाँले क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रेमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार तथा अग्रज निर्माण व्यवसायी रमेश शर्माले विकासमा सरकारको गलत नीति रहेको बताउँदै सुधार गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.