ओडिसा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ: भारतीय विदेश मन्त्रालय

काठमाडौँ – भारतका विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

भारत सरकारले सबै अन्तरराष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ । “हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्सि्टच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत वीरगन्जकी प्रिसा साह बिहिबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.