त्रिभुवन राजपथ दैनिक पाँच घण्टा रातको समयमा बन्द गरी काम गर्ने

धादिङ –  सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ २२ गते सोमवार देखी ३१ गतेसम्म रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

स्तर उन्नति सहित निर्माणाधीन अवस्थामा रहेको सडक निर्माणमा केही  सुधार गर्नु पर्ने नौ दिनका लागी बन्द गरिएको हो ।

नाग ढुङ्गा मुग्लीन सडक योजनाका प्रमुख केशव ओझाका अनुसार त्रिभुवन राजपथको केही भाग राजधानी काठमाण्डौँमा पर्ने भएकोले  जिल्ला प्रशासन कार्यालय काठमाण्डौँसंग समेत सहकार्य गर्दै सडक निर्माण सुधार गर्नु पर्ने भएकोले  बन्द गरिएको बताउनु भएको छ ।

नागढुङ्गादेखी नौबिसेसम्मको सडक सोमवार २२ गते राती ११ बजे देखी देखी लागु हुने गरी चालु महिनाको  ३१ गते बुधवार सम्मका लागी दैनिक रातीको समयमा पाँच घण्टा पूर्ण रूपमा बन्द गरी काम गर्ने भएको हो । यो समयमा राजधानी काठमाडौँ प्रवेशका लागी आएका सबै सवारीलाई धुनीवेशी नगरपालिका स्थित खत्री पौवा र बाहिरिने सवारीलाई काठमाण्डौँको थानकोट चेकपोस्टलगायत नगाढुङ्गा चेकपोस्टमा रोकिने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाणडौँ र धादिङ मार्फत नाग ढुङ्गा  मुग्लीन सडक आयोजनले एक सूचना जारी गदै त्रिभुवन राजपथ भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी हाँक्न र ट्राफिक निको पालन गर्न सवारी चालकहरूलाई आग्रह समेत गरेको छ । आयोजनले सूचना प्रकाशित गर्दै सान तथा हल्का र मझौला सवारीका साधनहरूलाई सङ्घीय राजधानी प्रवेशका लागी धार्के सितापाईला र सामाखुसी टोखा गुर्जेभञ्ज्याङ्ग सडक गल्छी सडक प्रयोग गर्न आग्रह समेत गरेको छ ।

सो समयमा अत्यावश्यक सवारीका साधनहरू बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरू भने चल्न पाउने छन् । सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरू गुड्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.