अवैध उत्खनन गर्ने ६ सवारी नियन्त्रणमा

धादिङ- धादिङको धुनीवेशी नगरपालिका स्थित सिक्रे खोलामा स्वीकृति विना नै ढुङ्गा उत्खनन गरी रहेका ६ सवारीसाधन लाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको टोलीले अनुगमनका क्रममा धुनिवेसी नगरपालिका ९ सिक्रे खोलामा विना इजाजत ढुङ्गा उत्खनन भइरहेको सूचनाका आधारमा छड्के अनुगमन गर्दा ३ एक्स्काभेटर र ३ टिपर लाई नियन्त्रणमा लिएको हो ।
उत्खनन भएको स्थानमा पुग्दा एक्स्काभेटर र टिपरको चालक भने फरार भएका छन् ।
समातिएका एक्स्काभेटर सवारी नम्बर समेत नराखी सञ्चालन गरिएको भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । समातिएका सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् भने उत्खनन स्थलको थप अनुसन्धान गरी नियम अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
सिक्रे खोला क्षेत्रमा लामो समय देखि अवैधरुपमा उत्खनन हुने गरेको स्थानीयले बताएका छन् ।






प्रतिक्रिया राख्नुहोस्