नेपाल टेलिभिजनकी सञ्चारकर्मी बानियाँ सम्मानित

मकवानपुर –   नेपाल टेलिभिजनकी सञ्चारकर्मी मानवी बानियाँलाई सम्मानित हुनुभएको छ।

मकवानपुर शारीरिक सुगठन तथा फिटनेस सङ्घद्वारा आयोजित “चौथो मिस्टर मकवानपुर–२०८१” प्रतियोगिताको अवसरमा सञ्चारकर्मी  बानियाँलाई विशेष सम्मान गरिएको हो।

सामाजिक तथा राजनीतिक विषयवस्तुमा पत्रकारिता गर्दै आइरहेकी बानियाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै कार्यक्रम आयोजक संस्थाले उहाँलाई सम्मान पत्र सहित नगद प्रदान गरेको हो।

हेटौडा उपमहानगरपालिकाकी प्रमुख मेयर मिना कुमारी लामाले सञ्चारकर्मी  बानियाँलाई विशेष सम्मान गर्नु भएको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.