कान्तिलोकपथ सञ्चालनमा

मकवानपुर – वर्षाका कारण अवरुद्ध बनेको कान्तिलोकपथ सडक खण्ड (हेटौंडा–ठिङ्गन–काठमाडौं) पुनः सञ्चालनमा आएको छ ।

मकवानपुर र ललितपुरको सिमानास्थित भिमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सीमाक्षेत्र बागमती खोलामा बनाइएको डाइभर्सन आज बिहान आएको भेलका कारण बगाएको थियो ।

अवरुद्ध सडक मर्मत गरि दिउँसो १ बजेबाट पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच, कान्तिलोकपथ सडक खण्डमा मर्मत कार्य जारी रहेकाले बिहान १० बजेबाट दिउँसो ४ः०० बजेसम्म सडक बन्द रहने प्रहरीले जनाएको छ  । सो समयमा वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.