प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो तयार

रुकुम पूर्व- रुकुम पूर्वमा यतिबेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो खन्ने चटारो छ । स्थानीय सरकार बाट ठाउँ छनोट र प्राविधिक कुरा तयार भएपछि बेरोजगारहरुले गोरेटो खन्ने गर्छन् ।
हरेक वडामा सुरुमा बेरोजगारहरु लाई सुचिकृत गरेर त्यसको आधारमा काममा लगाउने गर्छन् । भौगोलिक विकट्टामा रहेको रुकुम पूर्वमा हरेक वर्ष सानो-सानो गोरेटो खन्ने गर्छन् ।
युवा पुस्ता विदेश पलायन हुँदा अहिले गाउँमा महिला मात्रै भेटिन्छन् । बेरोजगारहरुको लाइनमा महिला मात्रै देखिन्छन् । तीनवटै पालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ ।

सो कार्यक्रममार्फत एउटा वडामा ६०/७० जनाले एक सय दिनको रोजगारी पाउने प्राबधान रहेपनि स्थानीयहरु तँछाडमछाड गर्दै काममा पुग्छन् । सडक सोलिङ, खुत्किला तथा पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाले समन्वय गरेर काम गर्छन् ।
गाउँको मुख्य विकास भनेको सडक ठानेर, गोरेटोका अप्ठ्यारा ठाउँमा खन्ने गरेको पुथा उत्तरगंगा गाउँपालिका रोजगार संयोजक भुपाल बुढामगरले बताउनुभयो ।
उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहयोग पुर्याउने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ग्रामीण गोरेटो स्तरोन्नती गरिएको छ ।
सामग्री खरिद गरेर गोरेटो स्तरोन्नति तथा पदमार्ग निर्माण गरेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्