गाजामा इजरायलले आक्रमणलाई थप सशक्त बनाउँदै, बन्धक सुरक्षित रिहाइप्रति चिन्ता

काठमाडौं- इजरायली सेनाले गाजामा जारी आक्रमण थप सशक्त बनाइ विस्तार गर्न हजारौं जगेडा सैनिक परिचालन शुरु गरेको छ ।

इजरायली रक्षा सेनाले गाजामा बन्धक बनाइएका आफ्ना नागरिकहरूलाई फर्काउने र हमास लडाकुहरूलाई पराजित गर्ने लक्ष्यसहित दबाब बढाएको जनाएको छ ।

आलोचकहरूले भने युद्धविराम भंग भएपछि पुनः सुरु गरिएको पछिल्लो सैन्य कारवाहीले बन्धकहरुको रिहाइमा कुनै सफलता प्राप्त नपाएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नियत र लक्ष्यप्रति प्रश्न उठाएका छन् ।

रक्षा सेनाले गाजाका नयाँ क्षेत्रहरुमा कारवाही गर्ने जनाउँदै जमिन माथि र जमिनमुनीका सबै पूर्वाधार पूर्ण रुपमा नष्ट गर्ने जनाएको छ । अब बस्ने इजरायली सुरक्षा मन्त्रिपरिषद् बैठकले सैनिक अभियान विस्तारको स्वीकृति दिने अपेक्षा गरिएको छ ।

हमासको नियन्त्रणमा रहेका ५९ बन्धकमध्ये बाँकीलाई मुक्त गराउन वा नयाँ युद्धविराम सम्झौता गर्ने प्रयास सफल हुन सकेको छैन । हमासको कब्जामा रहेका मध्ये २४ जना अझै जीवित रहेको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.