स्रोत नखुलेको रकम सहित गोरखा बुंकोटका २ जना युवक पक्राउ

गोरखा –  स्रोत नखुलेको रकम सहित गोरखा बुंकोटका २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–८ बुंकोटका वर्ष २५ का विमल श्रेष्ठ र वर्ष २० का भुवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुवैलाई स्रोत नखुलेको नगद १४ लाख सहित प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ को बेनिटारबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीको टोलीले मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटर साइकल चेक जाँचका क्रममा उक्त रकम फेला परेको हो ।

फेला परेको रकमका बारेमा उनीहरूले प्रहरीलाई स्पष्ट जानकारी दिन नसक्दा उनीहरूलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.