जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवक पक्राउ

सिरहा-  जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवेक साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

 

प्रहरी चौकी कचनारी र हर्कटिबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई औरही गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया टोलबाट पक्राउ गरेको हो। उनी सो स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउपछि साहलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा ल्याइएको छ। अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी पासवानले बताउनु भयो। उहाँका अनुसार साहविरुद्ध यसअघि दर्ता भएको जबरजस्ती करणीसम्बन्धी उजुरीको आधारमा अनुसन्धान भइरहेको जानकारी दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.