वैशाख २८ बाट कर्णालीको बजेट अधिवेशन

सुर्खेत – कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक २८ वैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो ।
प्रदेश सरकारद्वारा आव्हान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ ।
साथै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्