धनकुटाको गोठगाउँमा दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ- सुनसरीको धरानबाट भोजपर तर्फ जादै गरेको यात्रु बाहक बस आज बिहान धनकुटा ६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । को १ ख २१७७ नंबरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनकुटा बजारबाट करिब ३ किलोमीटरको दुरीमा सडकबाट करिब ५० मीटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।
उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्