रौतहटको सुधार केन्द्रमा भएको निर्घात कुटपिटबारे प्रहरीले थाल्यो अनुसन्धान

रौतहट  – रौतहटको एक सुधार केन्द्रमा एक जना व्यक्तिमाथि निर्घात कुटपिट गरी चरम यातना दिएको भिडिओ भाइरल भएको छ।

जिल्लाको गौर नगरपालिका–४ स्थित सञ्चालित राइजिङ नेपाल सुधार केन्द्रमा एक किशोरलाई निर्मम तरिकाले यातना दिएको भिडिओ सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको ४१ सेकेन्डको भिडियोमा एक किशोरलाई तीन जनाले समातेर भुईँमा लडाएर निर्घात कुटपिट गरेको देखिएको छ।

भाइरल बनेको भिडिओमा एक जनाले पाइप जस्तो देखिने सेतो वस्तुले ती किशोरको दुई वटै खुट्टाको पैतालामा निर्ममतापूर्वक कुटिरहेको देखिन्छ ।

कुट्दा ती व्यक्तिको चिच्याहटको आवाज बाहिर नजाओस् भनेर पृष्ठभूमिमा साउन्ड (डिजे) बजाइएको छ । सार्वजनिक भएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले कुट्ने र कुट्नका लागि सहयोग गर्ने सबैलाई अविलम्ब कार्यवाहीको माग गरेका छन्।

सुधार केन्द्रमा किशोरीमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा छ्याप छ्याप् ती भाइरल भएपछि यस घटनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको छ।

घटनापछि सुधार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको रौतहट प्रहरीको प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो।

अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए। घटना बारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ती व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने उहाँले बताउनुभयो ।

सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.