तामाङ समुदायका महिलाहरूका लागि सीपमा आधारित तालिम

रसुवा – उद्योग तथा वाणिज्य कार्यालय रसुवाले रसुवाको आमाछोदिङ्मो गाउँपालिका चार गोल्जुङमा महिलाहरूका लागि सीपमा आधारित तालिम दिइएको छ ।
बिशेष गरी तामाङ समुदायले चाड पर्व विवाह भोज लगायत विशेष कार्यक्रममा लगाइने कपडाहरूको बुनाई सम्बन्धी एक महिने सीपमा आधारित तालिम दिइएको हो । तामाङ बुवा बाजेले पुर्खौँदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई निरन्तरता दिन सीपमा आधारित तालिम दिइएको हो ।
स्वदेशी कच्चा पदार्थ र सीप प्रयोग गरी परम्परागत तरिकाले तयार गरिने कपडाको माग धेरै भए पछि पुरानै उपकरणको सहायताले कपडा बुनाइलाई निरन्तरता दिन लागिएको उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख वृहस्पति तामाङले बताउनुभयो ।
शिप बिकासमा सहभागी महिलाहरूले तामाङ जातिको पहिचान लाई जीवन्त राख्न चाडपर्व तथा विवाहमा लगाइने श्यामा, पाङ्कप, टोपी, मोजा, गलबन्दी, गन्जी, कोता पटुका, जस्ता समाग्रीहरु बुन्ने छन् ।
घरको काम सकेर फुर्सदको समयमा हाते तान वाट बुन्दा ढिलो हुने भए पनि यसको बजार मूल्य राम्रो भएकोले आयआर्जनमा थप सहयोग पुग्ने हुँदा यस कार्यमा लाग्ने गाउँका महिलाहरूलाई वडा कार्यालयले सहयोग गर्ने वडा अध्यक्ष धर्म तामाङको भनाई छ ।
घरेलु तान बुनाई कार्यलाई प्रोत्साहित गर्न र परम्परागत सीपलाई थप परिष्कृत गर्ने कार्यमा गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका उपप्रमुख चण्डिका तामाङले बताउनुभयो ।
महिलाहरूको जीबाको पार्जनमा सहयोग पुग्ने उद्देश्यका साथ संन्चालन गरिएको श्यामा पाङगाप सम्बन्धी सीप विकास तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए ।






प्रतिक्रिया राख्नुहोस्