कमला नदीमा बाढी आएपछि आवतजावत बन्द

सिरहा –  सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी कमला नदीमा बाढी आएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ।

नदीमा पानीको सतह बढेपछि पुलमुनि बाटो डुबानमा परेको छ, जसका कारण सवारीसाधन तथा पैदल यात्रीहरू प्रभावित भएका छन्।

यसले दैनिक यात्रा गर्ने सर्वसाधारणलाई अत्यधिक सास्ती भएको छ। विद्यार्थी, कर्मचारी, बिरामी तथा बजार गर्न जानेहरू निकै समस्यामा परेका छन्। स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा स्थायी समाधानको माग गरेका छन्, भने प्रशासनले नदीको बहाव कम नहुञ्जेल सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.