डोटीमा हेलिप्याड निर्माण

डोटी –  डोटीमा प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर १ रिसेडी स्थित वडा कार्यालय नजिकै वडा कार्यालयको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरिएको छ ।

हेलिप्याडको रङ्ग रोगन लगायतका केही काम बाकी रहेको र आर्थिक वर्षमा बजेट छुट्टाएर बाकी काम गर्ने बडिकेदार गाउँपालिका वडा नम्बर (१ का वडा अध्यक्ष डबल बोहराले बताउनु भयो ।

उहाँले बर्खाको समयमा यातायातका साधनहरू सञ्चालनमा समस्या हुँदै आएको छ। यातायात सञ्चालन नहुँदा सुत्केरी महिला, अशक्त बिरामी,लाई अस्पताल सम्म पुर्‍याउन समस्या हुँदै आएको र हेलिप्याड निर्माण पछि सुत्केरी महिला, गम्भीर खालका बिरामी लाई उद्धार गर्न सहज हुने वडा अध्यक्ष बोहराले बताउनु भयो ।

निर्माण भएको हेलिप्याडले प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज हुने स्थानीयले विश्वास गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.