रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह छैन: गृहमन्त्री लेखक

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको गृहमन्त्री रमेश लेखकले स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा घटना हुन पुगेको बताउनुभयो ।
यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झैँ सही नियतले कानूनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो।
उहाँले अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्