ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फि खुला

चितवन- इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फि खुलेको छ ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।






प्रतिक्रिया राख्नुहोस्