मिर्चैयामा तीव्र गतिमा आएका ट्रैक्टर पसल भित्र छिर्दा चार जना घाइते

सिरहा –   मिर्चैया थाना चोकमा आईतवार दिउँसो सवारी दुर्घटना भएको छ । तीव्र गतिमा आइरहेको  ट्रैक्टर अनियन्त्रित भई मिर्चैया थाना चोकमा रहेको सैलुन पसल भित्र छिर्दा चार जना सामान्य घाइते भएका छन्।

दुर्घटनाबाट पसल अगाडि पर्किङ्गमा राखेको ४ वटा मोटरसाइकलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

पूर्व मिर्चैया कटारिचोक हुँदै पश्चिम तर्फ थाना चोक आउने क्रममा डिजे सवार ट्रैक्टर ज १ त .३३२३ नम्बरको ट्रैक्टर अनियन्त्रित भई पसलभित्र छिरेको हो ।

पसल सामान्य क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.