भारतीय राजदूत श्री वास्तवले भेटे सुदीप न्यौपानेको परिवार

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २२ अप्रिल २०२५ मा भारतको जम्मू र कश्मीरको पहलगाममा भएको भयानक आतङ्कवादी हमलाका २६ पीडितमध्ये एक युवा नेपाली नागरिक स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गर्नुभयो।

भेटमा उहाँले आतङ्कवाद विरुद्धको लडाईं र पहलगाम आतङ्कवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धताको आश्वासन दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.