थबाङमा हुर्किँदै १८ प्रजातिका ४५ हजार स्याउका बिरुवा

दाङ- रोल्पाको थबाङमा १८ प्रजातिका ४५ हजार स्याउका बिरुवा हुर्काइएको छ ।
व्यावसायिक स्याउ खेतीलाई विस्तार गर्ने उद्देश्यले थबाङका कृषक नीरजकुमार बुढाले सञ्चालन गरेको नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिएको हो । लामो समय मुस्ताङको स्याउ बगैँचामा काम गर्नुभएका थबाङका बुढाले गाउँभरिको जग्गा भाडामा लिएर स्याउको नर्सरी सञ्चालनमा ल्याउनुभएको हो ।
विश्वकै सबैभन्दा उन्नत प्रजातिका ४५ वटा स्याउका बिरुवा उत्पादन गरिएकोमा जम्मा १८ प्रजातिका स्याउका बिरुवा मात्र उत्पादन भएका हुन् । ‘नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार पहिलो चरणमा आफ्नो गाउँलाई आत्मनिर्भर बनाउने योजना छ’ प्रकृति एग्रो रिसर्च सेन्टरका सञ्चालक बुढाले बताउनुभयो ‘त्यसपछि जिल्ला, प्रदेश हुँदै देशलाई आत्मनिर्भर बनाउने हो ।’
नेपालमा उत्पादनको राम्रो सम्भावना भएर पनि बर्सेनि ९ अर्ब रुपैयाँभन्दा धेरैको स्याऊँ आयात भइरहेकाले त्यसलाई घटाउँदै लैजानुपर्ने उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्