पूर्व राष्ट्रपति भण्डारीद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभएको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सन्देशमा आफ्नो जीवन र कर्ममा शान्ति, सहिष्णुता र दयाको भावना अँगाल्दै हामी सबैले समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणतर्फ अग्रसर हुन सकौँ भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

यसैगरी पूर्व राष्ट्रपति भण्डारीले आजै किराँत समूदायको महान पर्व उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति भण्डारीले किराँत समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले हामीलाई प्रकृतिसँगको सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्मयको अमूल्य सन्देश प्रवाह गर्दछ भन्नुभएको छ ।

उहाँले नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा यस किसिमका पर्वहरुले आपसी सद्‍भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.