स्थायित्व र विकास गर्न एमाले सँग सहकार्य: उप प्रधानमन्त्री सिंह

रसुवा – उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न नेकपा एमाले सँग सहकार्य गरिएको बताउनु भएको छ ।
राज्यलाई अस्थिर बनाएर मौका छोप्ने हरू देखा परे पछि काँग्रेसले टुलुटुलु हेर्न नसकी स्थिरता सँगै विकास दिन यो गठबन्धन गरिएको उहाँको भनाई छ ।
रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन समारोहलाई संम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सोहि अबसरमा उपप्रधानमन्त्री सिंहले “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ यसले परिणम अबस्य ल्याउने उहाँको भनाई छ ।
नेपाल शिक्षकमहासंघ र शिक्षा मन्त्रालय बीचभएको सम्झौता सरकारले कार्यन्यन गर्ने बताउदै उप प्रधानमन्त्री सिंहले सबै शिक्षक अभिभाबक तथा बिद्यार्थीहरुलाई ढुक्क भएर पठन पाठनमा संलग्न हुन अनुरोध गर्नुभयो ।
देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र विकास निमार्णमा निखार ल्याउने तथा शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने जस्ता काम अहिलेको सरकारले गरि रहेको बताउनुभयो । स्वर्ण जयन्तीकै अबसरमा बिध्यालयमा अध्यायन गरेर उच्च तहमापुगेका छात्रछात्रा तथा बिध्यालय ब्यबस्थापन समिति का साथै पूर्ब शिक्षकहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन के शी तथा संबिधान सभा सदस्य जर्नादन ढकालले व्यवहारिक र व्यवसायी शिक्षा अहिलेको आवश्यक्ता भएको बताउनु भयो।






प्रतिक्रिया राख्नुहोस्