गोरखामा रोट महोत्सव सुरु

गोरखा – गोरखा सदरमुकामको गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा आजदेखी रोट महोत्सव सुरु भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गुफामा २२औं रोट महोत्सव सुरु भएको हो ।
रोट महोत्सव सुरु हुनु पूर्व आज बिहान गोरखा बजारको बैंक रोडमा रहेको केन्द्रको सम्र्पक कार्यालयबाट झाँकी सहितको र्याली गरिएको थियो ।
र्यालीमा १०८ जना कन्याले कलश बोकेका थिए भने राजधानीबाट आएको धिमे बाजा, स्थानिय महिलाहरुको पञ्चेबाजा र नेपाली सेनाको ब्याण्ड बाजा समेतको सहभागिता रहेको थियो ।
केन्द्रको बैंक रोडमा रहेको सम्र्पक कार्यालयबाट सुरु भएको र्यालीले पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–फुलपाती डाडाँ–राम शाह चौतारो–गणेश स्थान हुदै गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा पुगेर समापन गरिएको थियो ।
र्याली गोरखा दरर्बार पुग्नु पूर्व नै गणेश स्थानमा रहेको गणेशको बिशेष पुजा गरिएको थियो ।
र्यालीमा गुरु गोरखानाथको तस्बिर रथमा राखेर परिक्रमा गराईएको थियो । गोरखा नाग गुफा अगाडी गोरखा नाथको झण्डा र केन्द्रको झण्डा झण्डोतोलन गरे लगत्तै रोट पोल्न थालिएको थियो ।
नाथ संप्रादायका योगिहरुद्वारा ध्यूमा तारिएका रोट आजै गोरखनाथलाई अर्पण गराएर सर्व साधारणहरुलाई प्रसादका रुपमा समेत बितरण गरिएको थियो ।
र्यालीमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत् बराल, नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल गोरखाका प्रमुख तथा समाज सेवी, बिद्यार्थी र सर्व साधारण एवं साधक साधिकाहरुको सहभागिता रहेको थियो ।
११ दिनसम्म चल्ने रोट महोत्सव आगामी जेठ ८ गतेसम्म सञ्चालनमा आउने छ । आयोजकले श्रद्वालु भक्त्तजनहरुलाई निःशुल्क खाना र आवासको ब्यवस्था गरेको कारण यो बर्ष स्वदेश तथा बिदेशबाट ५० हजार श्रद्वालु भक्त्तजनहरुको सहभागिता रहने अनुमान केन्द्रका संयोजक रामजी अर्यालले बताए ।






प्रतिक्रिया राख्नुहोस्