दक्षिण अफ्रिकी ५९ श्वेत नागरिक शरणार्थीका रुपमा पुगे अमेरिका

काठमाडौं- दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरु अमेरिका पुगेका छन् ।

दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गर्नु भएको थियो ।

यसै योजनाअन्तर्गत दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूह आफ्रिकाका ५९ जना अमेरिका पुगेका हुन् । तर दक्षिण अफ्रिकी सरकारले भने उनीहरु माथि कुनै उत्पिडन नभएको बताउँदै उनीहरुलाई शरणार्थी मान्नु उपयुक्त नहुने प्रतिक्रिया दिएको छ ।

यता, ट्रम्प प्रशासनले अन्य सबै शरणार्थीको भर्ना प्रक्रिया रोकेको छ । जसमा युद्धग्रस्त क्षेत्रका हजारौं अफगानी र अफ्रिकी आवेदकहरू पनि परेका छन् । मानव अधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचले यस निर्णयलाई क्रूर र जातीय रूपमा पक्षपाती कदम भएको बताएको छ ।

साना बालबालिकासहित हिजो वासिङ्टन डीसी नजिकको डुलेस विमानस्थलमा उत्रिएका श्वेत दक्षिण अफ्रिकी शरणार्थीहरूलाई अमेरिकी अधिकारीहरूले स्वागत गरेका छन् । शरणार्थीको प्रक्रियाका लागि महिनौं वा वर्षौं लाग्ने भए पनि यो समूहको प्रक्रिया विशेष रूपमा छिटो गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.