चेपाङ संग्राहालय सहितको सहिद पार्क निर्माणको कामले गति लियो

धादिङ – धादिङको बेनी घाट रोराङ्ग गाउँपालिका स्थित जोगिमाराको खिर्रा घारीमा निर्माणाधीन चेपाङ संग्राहालय सहित सहिद पार्क निर्माणको कामले तीव्रता पाएको छ ।
निकै लामो समयसम्म बजेट अभावका कारण काम विचैमा अलपत्र भएको सो पार्कको निर्माण कार्यचालु आर्थिक वर्ष देखी सुरु भएको हो ।
पार्क निर्माणका लागी करिब पन्ध्र करोड रकम खर्चने छ भने हालसम्म पाँच करोड रुपैयाँ बाग्मती प्रदेश सरकारले लगानी गरिसकेको छ ।
सरकाले सहिद पार्क र चेपाङ संग्राहालय तत्कालीन माओवादीद्धन्द्धको समयमा कालिकोटको कोटवाँडा विमान स्थल निर्माणका क्रममा मारिएका चेपाङ मजदुरहरूको सम्झनामा निर्माण गर्न लागेको हो ।
बेनीघाटरोराङ्ग गाउँपालिकाको जोगिमारा स्थित खिर्रा घारीमा निर्माण सुरु गरेको सो पार्कमा संग्राहालयको लागी पक्की भवन लगायतका अन्य संरचना निर्माण भई सकेको छ, भने सहिद स्तम्भको काम भने बिचैमा रोकिएको छ ।
पार्क देखी सहिद स्तम्भसम्म पुग्नका लागी सिडीसहितको व्यवस्थित गोरेटो बाटोको निर्माण कार्य पनि सकिएको छ । पार्क निर्माणका लागी अन्य संरचना निर्माण कार्य भने क्रमीक रूपमा हुने जनाईएको छ। सबै संरचना निर्माण पछि सो क्षेत्रको विकासमा समेत यसले सहयोग पुग्ने विश्वास स्थानीयको छ ।
२०५८सालमा कालिकोटको कोटवाडाँ विमान स्थल निर्माणका क्रममा जोगिमाराका १७ जना मारिएका हुन् । उनीहरूलाई राज्यले सहिद घोषण गरेपछि पार्क निर्माण प्रक्रिया अगाडि बढेको हो ।
अधिकांश चेपाङ समुदायको बसोबास रहेको सो क्षेत्रलाई चेपाङ समुदायको भाषा संस्कार संस्कृतिलगायत रहनसहनका बारेमा अध्ययन अध्यापन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागी खाने बस्ने सुविधा सम्पन्न भौतीक संरचनाहरु निर्माण गर्ने जनाइएको छ ।
बोनी घाट रोराङ्ग गाउँपालिका स्थित पृथ्वी राजमार्गबाट सो स्थानसम्म पुग्नका लागी सडक पूर्वाधारका विकास समेत गरी सकेको छ । उक्त स्थानको पूर्वाधार विकासमा बाग्मती प्रदेश सरकारले हालसम्म पाँच करोड रकम खर्च गरी सकेको छ ।
निर्माणाधीन सो पार्क करिब तिन सय रोपनी जमिनमा फैलिएको छ ।स्थानीय बेनी घाट रोराङ्ग गाउँपालिकाले सो स्थानमा पार्क निर्माणका लागी जमिनको व्यवस्था मिलाएको हो ।






प्रतिक्रिया राख्नुहोस्