बैङ्किङ कसुर मुद्दाका फरार युवक पक्राउ 

नुवाकोट- बैङ्किङ कसुर मुद्दाका फरार एक जना युवकलाई रसुवामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालतमा बुझाएको छ ।

बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत रसुवाबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका एक जना युवकलाई पक्राउ गरी मङ्गलवार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

नवलपरासीका बुलिङ्टार गाँउपालिका १ घर भई हाल गोरखाको बिलिङटार नगरपालिका ६ बस्ने ४५ वर्षीय जीवन रूचाल मगरलाई पक्राउ गरी आवश्यक कारबाही लागि रसुवा जिल्ला अदालतमा दाखिला गराइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.