रारा गोल्ड कप ः तेस्रो खेलमा सलहेश र बिर्तामोड भिड्दै

धनकुटा-  धनकुटाको राजा रानीमा जारी रारा गोल्ड कप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा बुधवार तेस्रो खेल हुंदैछ। बुधवार हुने तेस्रो खेलमा साबिक विजेता सलहेश फुटबल क्लब सिराहा र बिर्तामोड युनाइटेड क्लब झापा बिच हुँदै छ। खेल दिउँसो साढे ३ बजेपछि राजा रानीस्थित पुण्य मा बिको खेलमैदान हुनेछ। यसअघि मङ्गलवार भएको  प्रतियोगिताको दोस्रो खेलमा मोरङको एलएक्स सिटी फुटबल क्लबले धनकुटाको डाँडा बजार फुटबल क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो भने सोमबार सम्पन्न पहिलो खेलमा आयोजक रारा फुटबल क्लबलाई ० का विरुद्ध ४ गोल अन्तरले हराउँदै गोल्डेन स्टार फुटबल क्लब सुनसरी विजयी भएको थियो। विजयी भएसँगै गोल्डेन स्टार र एलएक्स सिटी सेमिफाइनलमा प्रवेश गरेका छन् भने बुधवारको खेलको विजेता पनि सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतियोगिता अन्तरगत बिहीबार पहिलो चरणको अन्तिम खेल ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बागमती यूथ क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ र उपविजेतालाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्ड कप ०५८ सालबाट सुरु भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.