हावाहुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर- हावाहुरीका कारण घर भत्किँदा हल्दीबारीमा गएराती एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.